डाेटीमा पहिराेमा पुरिएर गाेठालाे गएका एक बालक र बालिकाकाे ज्यान गयाे

 असार ३, २०७८ बिहिबार २०:२८:५१ | विमल बिष्ट
unn.prixa.net

डाेटी – डोटीमा पहिरोमा पुरिएर दुई बालबालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा एसपी दानबहादुर मल्लका अनुसार पहिराेमा पुरिएर दिपायल सिलगढी नगरपालिका ५ का सात वर्षीय बालक विनोद भण्डारी र ११ वर्षीया बालिका जेनिसा विष्टको ज्यान गएको हो ।

गाउँ नजिकैको चिसापानी भन्ने ठाउँमा बाख्रा चराउन गएका बेला आज दिउँसो उनीहरूको पहिराेमा पुरिएर ज्यान गएको हो । दिउँसो पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला ओडार माथिबाट पहिरो खस्दा उनीहरू च्यापिएका थिए ।

च्यापिएको खबर थाहा भएपछि नेपाल प्रहरी, स्थानीयवासी पुगेर पहिरो पन्छ्याएर निकाल्दा उनीहरूको ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । डाेटीमा मनसुन सुरु भएयता पहिराेमा परेर अहिलेसम्म तीन जनाकाे ज्यान गएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया