सेती नदीमा पानीको बहाव बढेपछि सतर्क रहन आग्रह

 असार ४, २०७८ शुक्रबार १०:५९:११ | विमल बिष्ट
unn.prixa.net

फाइल फाेटाे

डोटी - डोटीको सेती नदीमा पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालयले सतर्क रहन आग्रह गरेको छ ।

गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रको तथ्याङ्कअनुसार सेती नदीमा पानीको बहाव बढेपछि चेतावनी जारी गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनुभयो । नदीले धान खेतमा कटान गरिरहेको छ ।

सेती नदी आसपासका बस्तीहरु बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासीलाई नदी किनारमा नजान र रातको समयमा सावधानी अपनाउन भनेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया