थुनिएको नदी खोलिएपछि तामाकोशीमा बाढी आउने जोखिम घट्यो

 असार ६, २०७८ आइतबार १०:४५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - थुनिएको नदीलाई चिनियाँ पक्षले खोल्न थालेपछि तामाकोशी नदी तटीय क्षेत्रको जोखिम कम भएको छ ।

तिब्बतमा आएको पहिरोले थुनेको नदी बिस्तारै खोलेपछि तामाकोशी नदीमा पानीको बहाव बढेको र बाढीको जोखिम भने कम भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले जानकारी दिनुभयो ।

थुनिएको नदी खोल्ने क्रममै रहेकोले तटीय क्षेत्रमा सावधानी अपनाउन भने अनुरोध गरिएको उहाँले बताउनुभयो । चीनको टिङ्ग्री काउन्टीको रोङछिया आसपासमा नदी थुनिएको चिनियाँ पक्षले जानकारी गराएकोमा अहिले नदीको बहाव नियन्त्रणमा रहेको जानकारी पाएको डीएसपी रिजालले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय दोलखाले गएराति जरुरी सूचना जारी गरेर दोलखा र आसपासका जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो । तामाकोशीमा बाढी आएमा तटीय क्षेत्रमा पर्ने दोलखासहित रामेछापको मन्थली र सिन्धुलीको खुर्कोट बजारसम्म क्षति हुनसक्ने अनुमान छ ।

फोटो सौजन्य : डीएसपी भेषराज रिजाल

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया