सेती नदीकाे बीचमा अड्किएकाे शव अझै निकाल्न सकिएन

 असार ६, २०७८ आइतबार १९:५५:९ | विमल बिष्ट
unn.prixa.net

फाइल फाेटाे

डाेटी – डोटीको शिखर नगरपालिका ६ मा रहेको सेती नदीमा आइतवार दिउँसो भेटिएको शव निकाल्न सकिएको छैन । नदीमा पानीको बहाव बढी भएका कारण शव निकाल्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर मल्लले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘शव नदीको बीच भागमा अड्किएको छ, प्रहरी तथा स्थानीयवासीले निकाल्ने प्रयास गरिरहेको छ, पानीको बहाव बढी भएकाले निकाल्न गाह्राे भइरहेकाे छ ।’

नदीले शव कहाँबाट ल्याएको र कसको शव हो भन्ने जानकारी नभएकाले अनुसन्धान भइरहेको डीएसपी मल्लले बताउनुभयो ।   

अन्तिम अपडेट: बैशाख २, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया