साेलुखुम्बुमा बाघको आतङ्क : दुई हप्तामा दर्जन बढी बाख्रा बने बाघको सिकार

 असार १२, २०७८ शनिबार १५:३८:१५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु : सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ८ बागम क्षेत्रमा बाघको आतंक बढेको छ । करिब दुई हप्ताको अवधिमा एक दर्जन भन्दा बढी बाख्रा बाघले मारेको स्थानीयले बताएका छन् ।

जङ्गल नजिकै भएका कारण चराउन लगेका बाख्राहरु धमाधन बाघले मार्न थालेकाे छ । याेसँगै स्थानीयहरुमा चिन्ता र त्रास बढेको स्थानीय रहरबहादुर बराइलीले बताउनुभयाे । शुक्रबार मात्रै रहरबहादुर र गोमबहादुर बराइलीको दुई वटा बाख्रा बाघले मारेको हाे । यस्तै कमल मगरकोे ३ वटा, उत्तम मगरको एउटा, ङवाङ पेम्बा शेर्पाको एउटा, देवराज मगरको एउटा, नगेन्द्र मगरको एउटा, माझी विश्वकर्माको एउटा सहित गाउँका अन्य व्यक्तिहरुको समेत बाख्रा बाघले मारेका छन् ।

चरनमा लगेका बाख्रालाई दिउँसै बाघले आक्रमण गर्न थालेपछि गाेठालाहरुमा पनि त्रास छाएकाे छ । असार महिना यता दैनिक जसो बाघले बाख्रा मार्ने गरेको स्थानीयले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया