सोलुखुम्बुमा १६ वटा वडा कार्यालयको भवन निर्माण हुने

 असार १९, २०७८ शनिबार १५:३५:१८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुका १६ वटा वडा कार्यालयको भवन निर्माण प्रक्रिया शुरु भएको छ । जिल्लाका ५१ वटा वडामध्ये १८ वटा वडा कार्यालयको आफ्नै भवन छ । भवन नभएका ३३ वटा वडामध्ये १६ वटामा निर्माण प्रक्रिया शुरु भएको र आउँदो आर्थिक jर्षभित्र निर्माण सम्पन्न हुने जिल्ला समन्वय समिति सोलुखुम्बुले जनाएको छ ।

१७ वटा वडाको भने जग्गासहित अरु प्रक्रिया पूरा गरेका छैनन् । जिल्ला समन्वय समितिमा रहेको पर्यटन रोयल्टी बापतको २२ करोड रकमबाट एक करोडसम्मको भवन निर्माणको लागि ६० प्रतिशत रकम बेहोर्न लागेको जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख वीरकुमार राईले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया