नारायणगढ–मुग्लिङ सडक अझै खुलेन : यात्रु र चालक अलपत्र

 असार २२, २०७८ मंगलबार ९:१८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नारायणगढ–मुग्लिङ सडक अझै खुलेको छैन । निरन्तर पहिरो खसेकाले बन्द सडक खुलाउन समस्या भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।

लगातारको पानीले पहिरो जाँदा चार–पाँच दिनयता सडक खुल्ने र लगत्तै बन्द हुने गरेको छ । निरन्तरको पानीले सडक खण्डको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ । 

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार अहिले पहिरो हटाउन चारवटा मेसिन र प्राविधिकहरु खटिएका छन् । दिउँसोसम्म पहिरो पन्छाएर सडक खुलाउने गरी प्रयास भइरहेको उहाँको भनाइ छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अत्यावश्यक गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । काठमाण्डौ आउने मुख्य सडक बन्द हुँदा दर्जनौँ गाडी र यात्रुबीच बाटोमै रोकिएका छन् । 

नारायणगढ–मुग्लिङ सडक खण्डसहित अहिले देशभरका १३ वटा सडक बन्द छन् । बन्द सडक र राजमार्ग खुलाउने प्रयास गरिरहेको सडक विभागले जनाएको छ ।
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया