पहिरोका कारण लुक्ला र नाम्चेको आवतजावत टुट्यो

 साउन ४, २०७८ सोमबार ११:१९:२९ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - पहिरोका कारण सोलुखुम्बुको नाम्चे र लुक्लाबीचको आवतजावत बन्द भएको छ। लगातारको वर्षाका कारण खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ३ को टोकटोकमा पहिरो खस्दा लुक्ला र नाम्चेको आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक एवं सूचना अधिकारी ऋषिराज ढकालका अनुसार गएराति साढे १० बजे खसेको पहिरोले सडक ठप्प पारेको छ । लुक्ला र नाम्चे आवतजावत गर्ने अन्य वैकल्पिक मार्ग समेत नहुँदा समस्या भएको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरि शेर्पाले बताउनुभयो ।

पहिरो हटाउन नेपाल प्रहरी र स्थानीय बासिन्दा बिहानैदेखि खटिरहेको प्रहरी निरीक्षक ढकालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया