कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखमा जागेश्वर गौतमलाई हटाएर रुद्र मरासिनी नियुक्त

 साउन १८, २०७८ सोमबार १७:२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट डा. जागेश्वर गौतमलाई हटाएर ट्रमा सेन्टरका डाक्टर रुद्र मरासिनीलाई पठाएको छ ।

मन्त्रीस्तरीय निर्णयका आधारमा डा. गौतमलाई आज साेमवार थापाथलीमा रहेको प्रसूति तथा स्त्री रोग अस्पतालमा सरुवा गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिनुभयो ।

डा. जागेश्वर गौतम विवादित बनेपछि कर्मचारीले उहाँलाई हटाउन माग गरेका थिए ।

यस्तै स्वास्थ्य सेवा विभागको स्वास्थ्य समन्वय शाखाको प्रमुखबाट डा. विवेकलाल कर्णलाई सरुवा गरेर उहाँको ठाउँमा सार्क क्षय रोग केन्द्रकी डा. रीता जोशीलाई पठाइएको पौडेलले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया