मेलम्ची बाढी : कटान अझै रोकिएन, विस्थापितलाई बासकै  समस्या

 साउन १९, २०७८ मंगलबार ७:४१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सिन्धुपाल्चोकको मेलम्चीमा बाढीका कारण विस्थापित भएकाहरुलाई बसोबासको समस्या भएको छ । शनिवारदेखि आएको बाढीका कारण विस्थापित भएकालाई बस्ने ठाउँको समस्या भएको हो । बर्खाको समय भएकाले सुरक्षित बासको समस्या भोगिरहेको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिनुभयो।

प्रभावितले आफ्ना सामानहरु सडकमा नै अलपत्र अवस्थामा राखेका छन् ।  बाढीले अहिले पनि कटान गरिहेकाले जोखिम कम नभएको मेयर अर्यालले बताउनुभयो । मेलम्ची नगरपालिकाको वडा नम्बर ६ को तालामाराङका केही घर गएराति बगाएको छ भने एउटा गुम्बा पनि ढल्ने अवस्थामा पुगेको छ । यस्तै, बाढीले सडकसञ्जाल ध्वस्त पार्दा आवतजावत ठप्प छ ।

अरनिको राजमार्ग हुँदै मेलम्चीसम्म पुग्न समस्या नभए पनि त्यहाँबाट जाने अन्य पालिकामा आवतजावत ठप्प छ ।  पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिका र हेलम्बु गाउँपालिका सडक सञ्जालबाट विच्छेद भएका छन् ।

मेलम्चीमा जसोतसो विस्थापितलाई खानपानको व्यवस्था भए पनि यी गाउँपालिकामा समस्या भएको छ । यस्तै, बाढीले बिजुलीका प्राय: सबै पोल ढाल्दा प्रभावित क्षेत्रमा बिजुली बत्तीको आपूर्ति ठप्प भएको छ । मेलम्ची–९ मा रहेको ७ दशमलव ५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको उत्पादन फेरि बन्द भएको छ भने पाँचखाल वितरण केन्द्रबाट पुर्याइएको बिजुली पनि पोल ढल्दा ठप्प भएको मेयर डम्बरबहादुर अर्यालले बताउनुभयो ।

गएको  असार १ गते याङ्ग्री खोलामा आएको बाढीका कारण बन्द भएको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको उत्पादन गएको बुधवार मात्र सञ्चालनमा आएको थियो । तर, अस्ति रातिदेखि उत्पादन फेरि बन्द भएको आयोजनाका प्रमुख मानोलक श्रेष्ठले जानकारी दिनुभयो ।  

नेपाल विद्युत् प्राधिकरण हेलम्बु मेलम्ची वितरण केन्द्रअन्तर्गत मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङपाल र इन्द्रावतीका धेरै ठाउँमा विद्युत् सेवा ठप्प भएको छ । मर्मत गरेर मात्रै बिजुलीको आपूर्ति गर्नु पर्ने भएकाले सेवा सुरु हुन समय लाग्ने वितरण केन्द्रले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया