सरकारमै संलग्न दुई समूहको झडप, २७ जना मारिए

 भदौ १५, २०७५ शुक्रबार ८:३८:११ | रासस
unn.prixa.net

लिबियाको राजधानी त्रिपोली नजिकै भएका विभिन्न घटनामा परी कम्तीमा २७ जना मारिएका छन् । केही दिनदेखि भएका ती घटनाका कारण अन्य १०० जना घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

सरकारमै सम्लग्न दुई प्रतिस्पर्धी समूहहरुबीच भएको भिडन्तमा उनीहरु मारिएका हुन् । झडपमा मृत्यु भएका लडाकू र घाइतबारे स्वास्थ्य मन्त्रालयले बिहीबार पुष्टि गरेको छ । 

गएकाे सोमबारदेखि बुधबारसम्म भएका छुट्टा छुट्टै घटनामा उनीहरुको मृत्यु भएको समाचारमा जनाएको छ । 

दक्षिण पूर्वी त्रिपोलीको आइनजारा नजिकै भएका झडपमा संयुक्त राष्ट्रसङ्घबाट समर्थन प्राप्त राष्ट्रिय सहमतिको सरकारमा आवद्ध दुई समूह नै सम्लग्न रहेको सुरक्षा स्रोतले जनाएको छ । 

त्रिपोलीबाट दक्षिणपूर्वमा रहेको तरहुना शहरको उक्त दस्ता ‘तथाकथित सातौँ ब्रिगेड’ले सुरक्षाकर्मीमाथी आक्रमण शुरु गरेपछि त्रिपोलीमा तनाव आएको भए पनि उनीहरूबीच सम्झौता भएको लिबियाका गृहमन्त्री अब्देसलाम असौर बताएका छन् । 

लामो समयसम्म शासन चलाएका मोहम्मर कद्दाफिलाई सन् २०११ मा लिबियाको राजधानीबाट आन्दोलनको बलमा हटाइएपछि त्रिपोलीमा विभिन्न लडाकू दस्ताबाट पटकपटक आक्रमण प्रयासहरू भएका छन् । 

गएकाे वर्ष पनि सरकार पक्षधर समूहले केही अन्य प्रतिस्पर्धी समूहमाथि आक्रमण गरी उनीहरूलाई लिवियाबाट खेद्न सफल भएका थिए । उक्त क्रममा दर्जनौँ मानिसको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया