पर्यटकीय क्षेत्र खुम्बु प्रवेशमा कडाइ : काेराेना विरुद्धकाे खाेप नलाएकालाई पीसीआर रिपाेर्ट अनिवार्य

 भदौ ९, २०७८ बुधबार १०:१९:२९ | सुवास दर्नाल
unn.prixa.net

नाम्चे बजार/फाइल तस्बिर

सोलुखुम्बु – खुम्बु पासाङ गाउँपालिकाले कोराेना विरुद्ध खोपकाे पूरै डाेज नलाएका पर्यटक तथा यात्रुका लागी पीसीआरकाे नेगेटिभ रिपोर्ट अनिवार्य गरेको छ ।

पर्यटकीय क्षेत्र खुम्बुमा काेराेना सङ‍्क्रमणकाे जोखिम बढ्दै गएसँगै पालिकाले पूरा डोज खोप नलाएकालाई पीसीआर रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको हो । गाउँपालिकाले एक सूचना जारी गर्दै  हवाइ तथा तथा पैदल मार्गबाट खुम्बु भित्रिने कोराेनाको पूरा डोज खोप नलगाएका व्यक्तिहरुलाई पीसीआरकाे नेगेटिभ रिपोर्ट अनिवार्य गर्ने बताएको छ । जसका लागि वायुसेवा कम्पनीहरुलाई पत्र नै काटिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीले जानकारी दिनुभयो ।

लुक्लामा तारा, समिट, सीता, श्री एयरलाइन्स र हेलिकप्टरले उडान भर्दै आएका छन् ।  लुक्लामा काठमाण्डाै र फाप्लुबाट हवाइ उडान हुने गरेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया