एमसीसी उपाध्यक्षलाई ओलीको जवाफ– ‘हामीले अघि बढाउन खोजेकै हो, सभामुखका कारण रोकियो’

 भदौ २४, २०७८ बिहिबार १६:४०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र मिलेनियम च्यालेन्ज कर्पाेरेशन एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीबीच शिष्टाचार भेटवार्ता भएको छ । ओलीको निवास बालकोटमा आज बिहीवार दिउँसाे भएको भेटमा एमसीसी अघि बढाउने विषयमा छलफल भएको थियो ।

भेटमा उपाध्यक्ष सुमारले एमसीसी अघि बढाउने विषयमा चासो राखेपछि अध्यक्ष ओलीले आफू सरकारमा हुँदा एमसीसी अघि बढाउन खोजेको स्मरण गराउँदै अब यो विषय नयाँ सरकारमा भर पर्ने बताउनुभएको थियो ।

‘हामीले सरकारमा हुँदा एमसीसी कार्यान्वयनका लागि पहल गरेको हो, केही विषय अघि बढेकै थिए, अब यो विषय नयाँ सरकारमा भर पर्छ’, ओलीको भनाइ उद्धृत गर्दै नेता राजन भट्टराईले उज्यालोसँग भन्नुभयो । 

ओलीले दुई देशबीचमा भएका सम्झौता पालना हुनुपर्छ भन्ने मान्यताअनुसार आफ्नो पालामा एमसीसी परियोजनाको प्रावधान संसदमा लगिसकेको बताउनुभएको थियो । 

‘एमालेभित्रै केही रिजर्भेसन रहँदा रहँदै पनि हामीले अघि बढाउने कोसिस गरेकै हो, संसदमा टेबुल गरिसकेका थियो, केबल सभामुखलगायत केही व्यक्तिकाे भूमिकाका कारण अघि बढ्न सकेन, तर अहिले हामी प्रतिपक्षमा छौँ, हाम्रो भूमिका फरक भएको छ, यो विषयमा सत्ताधारी दलले पनि हामीसँग छलफल गरेका छैनन्, अब के हुन्छ भन्ने भूमिका सरकारकै धेरै छ’, ओलीको भनाइ उधृत गर्दै नेता भट्टराईले भन्नुभयो । 

एमसीसीका उपाध्यक्ष फातिमा सुमारले अमेरिकाले नेपालको विकासका लागि महत्त्व दिएर एमसीसी परियोजना अघि बढाए पनि विवाद आउनु दुःखद रहेको बताउनुभएको थियो । एमसीसी नितान्त विकास निर्माणको परियोजना रहेको भन्दै सुमारले यसको विरोध नभएको भए राम्रो हुने कुरा बताउनुभएको पनि एमाले नेता भट्टराईले जानकारी दिनुभयो ।

एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको टोली नेपालको चार दिने भ्रमणका लागि आज बिहीवार बिहान काठमाण्डौ आइपुगेको हो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Kailash parki

    Sept. 10, 2021, 8:15 a.m.

    This mcc corporation must not be pass , we need not like that organizition coz this mcc might harm/loose our country, thats why i request to all political member at any cost it must not be pass to mcc ..jay nepal

  •  0 Reply

तपाईको प्रतिक्रिया