इलामको राँके बजारमा आगलागी, दुई करोड बराबरको क्षति

 भदौ १८, २०७५ सोमबार ८:३४:१४ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलामको राँके बजारमा आइतबार राति आगलागी भएको छ । जिल्लाको देउमाई नगरपालिका वडा नम्बर १ राँके बजारमा आगलागी हुँदा २ करोड बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 

आगलागीबाट राँके बजारमा रहेको ठालुमान श्रेष्ठको पाँच तले घर , घरमा रहेको लत्ता कपडा अन्य जिन्सी मालसामान , जित बहादुर बस्नेतको किराना पसल र शिब बहादुर विष्टको जुत्ता चप्पल पसल पूर्णरुपमा जलेर नष्ट भएको हो । 

राति ९ बजेबाट सुरु भएको आगो प्रहरी र स्थानीयले नियन्त्रणमा लिने प्रयास गरेका थिए । तर राँकेमा कच्ची घरहरू भएकाले आगो नियन्त्रणमा लिन समस्या भएको थियो ।

इलामबाट गएको दमकल बाटैमा बिग्रिएपछि पाँचथर फिदिमबाट आएको दमकल, स्थानीय र प्रहरीको सक्रियतामा ४ घण्टापछि पूर्ण रुपमा आगो नियन्त्रणमा लिइएको थियो । 

स्थानीय ठालुराम श्रेष्ठको घरबाट विद्युत सर्ट भई सुरु घटना भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।  राँके बजारमा यस अघि पनि आगलागी भएको थियो । 

 
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया