उपचाररत बालिकाको ज्यान गएपछि अस्पतालकाे आकस्मिक बाहेकका सेवा ठप्प

 असोज २१, २०७८ बिहिबार १२:१३:५ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथर अस्पतालमा उपचाररत एक बालिकाको ज्यान गएकाे आक्रोशमा स्थानीयबासिन्दाले अस्पतालकाे भवनमा तोडफोड गरेपछि आकस्मिक बाहेक सबैखाले सेवा ठप्प भएका छन् ।

भौतिक संरचना तोडफोड गर्नुका साथै प्रदर्शनका क्रममा स्वास्थकर्मीमाथि दुर्व्यवहार भएपछि  आकस्मिक बाहेकका सेवा बन्द गरेको अस्पतालका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले बताउनुभयो । ज्वरो आएपछि अस्पताल भर्ना भएकी फालेलुङ गाउँपालिका–८ की ३ वर्षीया क्रिष्टिना थाम्सुहाङको हिजो उपचारका क्रममा ज्यान गएको थियो । ज्वरो आएपछि क्रिष्टिनालाई अस्ति अस्पताल भर्ना गरिएको थियो ।  उनका आफन्तले घटना छानबिनको माग गर्दै अस्पतालको भवनमा तोडफोड गरेका छन् ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज र अश्रु ग्यास प्रहार गरेको थियो ।  त्यसक्रममा ८ प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया