पाँचथर : उपचारका क्रममा बालिकाको ज्यान गएकोबारे छानबिन गर्न समिति गठन, आफन्तले शव बुझे

 असोज २१, २०७८ बिहिबार २०:३७:२९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथर अस्पतालमा उपचारका क्रममा बालिकाको ज्यान गएकोबारे छानबिन गर्न समिति गठन भएको छ । क्रिष्टिना थाम्सुहाङको ज्यान गएकोबारे छानबिन गर्न पाँच सदस्य रहेको समिति गठन भएपछि आफन्तले शव जिम्मा लिएका छन् ।

समिति गठनपछि अन्त्येष्टिका लागि ४० हजार रुपैयाँ उपलब्ध गराउन स्थानीय प्रशासन सहमत भएपछि शव जिम्मा लिएको बालिकाका बुबा कमल थाम्सुहाङले बताउनुभयो ।

समितिलाई एक हप्ताभित्र प्रतिवेदन तयार पार्ने जिम्मा दिइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिवेदनअनुसार मृतक परिवारलाई क्षतिपूर्ति दिने/नदिने निर्क्याैल हुनेछ ।

ज्वरो आएपछि दुई दिनअघि अस्पताल भर्ना भएकी फालेलुङ गाउँपालिका ८ कि क्रिष्टिना थाम्सुहाङको हिजो बुधवार ज्यान गएको थियो ।  

अन्तिम अपडेट: चैत १५, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया