भारतीय चलचित्र छायाङ्कन टाेलीले भरिभराउ खुम्बु क्षेत्र

 असोज २८, २०७८ बिहिबार १८:२०:४४ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्र भारतीय सिनेमा (बलिउड चलचित्र) छायाङ्कन टाेलीले भरिभराउ बनेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको क्षेत्रमा 'उंचाई' नामक बलिउड चलचित्र छायाङ्कन भइरहेको छ ।

असोज २१ गतेदेखि खुम्बु क्षेत्रमा छायाङ्कन सुरु भएको यस चलचित्र असोज ३० गतेसम्म जारी रहने शुटिङ युनिटका गाइड तिलक राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार दृष्य छायाङ्कनका लागि एक सय ५० जना भारतीयसहित चार सय १७ जना सिनेकर्मीको टाेली एक हप्तादेखि खुम्बुमा रहेका छन् । भारतीय चर्चित कलाकार अनुपम खेर, अभिनेत्री परिणीति चाेपडासहित अभिनेता बाेमन इरानी, सारिका हसन लगायतका कलाकार खुम्बुमा रहेका छन् । 

यसअघि याे टोलीले लुक्लामा पाँच दिनको छायाङ्कन सम्पन्न गरिसकेको शुटिङ युनिटका गाइड राईले जानकारी दिनुभयो । उहाँका अनुसार याे टोली असोज ३१ गते काठमाण्डौ हुँदै मनाङ प्रस्थान गर्ने छ । झन्डै साढे दुई घण्टाको यस चलचित्रमा ५५ मिनेट दृश्य नेपालको रहने शुटिङ युनिटले जनाएको छ ।  

अन्तिम अपडेट: चैत १३, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया