खुम्बु क्षेत्रमा लेक लागेर एक भारतीय नागरिकको ज्यान गयो

 असोज ३०, २०७८ शनिबार ११:२१:५४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ फेरुचेमा लेक लागेर एक भारतीय नागरिकको ज्यान गएको छ। 

खुम्बु क्षेत्रकाे भ्रमणमा आएका १९ वर्षीय मेजिनको लेक लागेर शुक्रवार दिउँसो ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाइड तथा अन्य साथी समेत नभएका भारतीय नागरिक असोज २८ गते बिहीवार  खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ थुक्लाको याक होटलमा बास बसेका थिए । 

शुक्रवार बिरामी भएपछि उपचारका लागि स्थानीयले बोकेर हिमालय अल्टिच्युट हेल्थ पोष्ट फेरुचे लगेका थिए । उनको त्यही ज्यान गएको खुम्बु सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली हेलिकप्टरमार्फत घटनास्थलतर्फ लागेको छ । 

मृतक पर्यटकको अभिलेख इन्ट्रीमा समेत नभएकाले कहाँबाट कसरी प्रवेश गरे भन्ने विषयमा अन्याेल भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया