मिड सोलु हाइड्रोपावरको जेसीबीमाथि अज्ञात समूहद्वारा आगजनी

 कात्तिक १, २०७८ सोमबार ८:७:५९ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको मिड सोलु हाइड्रोपावरले प्रयोग गरेको जेसीबी मेसिनमा अज्ञात समूहले आगजनी गरेका छन् । सोलु दुधकुण्ड नगरपालिका ६ मा रहेकाे मिड सोलु हाइड्रोपावरको कार्यक्षेत्रमा पार्किङ गरिराखेको प्रदेश ३–०१००३ प्र.७०४८ नम्बरको जेसीबी मेसिनमाथि अज्ञात समूहले आगजनी गरेकोे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

गत मंगलबार हाइड्रोपावरले कार्यक्षेत्रमै पार्किङ गरि राखेर अपरेटर दशैँ मनाउन घर गएको समयमा आगजनी भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी ओम प्रकाश यादवले जानकारी दिनुभयो ।

सोलु दुधकुण्ड नगरपालिका ६ का दिलकुमार बस्नेतको याे जेसिबी मेसिन संगीता कन्स्ट्रक्सन काठमाण्डौको नाममा रहेको खुल्न आएको छ । आगजनीबाट पूर्ण रुपमा क्षतिग्रस्त बनेको मेसिनको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

करिब सात महिना देखि हाइड्रोपावरले प्रयोग गर्दै आएको जेसीबी कुन दिन आगजनी भएको हो भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । आइतबार मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको यस घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कट्वालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया