पाँचथरमा बस दुर्घटना हुँदा ६४ जना घाइते

 कात्तिक ८, २०७८ सोमबार १३:२८:१८ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरमा बस दुर्घटना हुँदा ६४ जना घाइते भएका छन्।

फिदिम–यासोक सडक खण्ड अन्तर्गत सिवाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस आज बिहान करिब साढे ११ बजे फिदिम–४ सरखण्डेमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ।

घाइतेहरूको पाँचथर अस्पताल, पाथिभरा अस्पताल र समर्पित अस्पतालमा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्‍वकर्माले  जानकारी दिनुभयाे ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया