पाँचथर दुर्घटना : २ जनाको ज्यान गयो, ‘घाइतेलाई सुविधा सम्पन्न अस्पताल लैजान एम्बुलेन्स अभाव’

 कात्तिक ८, २०७८ सोमबार १४:३५:३३ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको ज्यान गएको छ । उपचारका लागि समर्पित अस्पतालमा पुर्याइएका एक बालक र एक महिलाको ज्यान गएको हो । उनीहरूको सनाखत भएको छैन । दुर्घटनामा अन्य ६२ जना घाइते छन् । घाइतेमध्ये १५ जना बालबालिका छन् ।

घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा रेफर गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिनुभयो । जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत थप १० जनालाई थप उपचारका लागि रेफर गर्ने तयारी गरिएको छ ।

पाँचथरको फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुर (सरखण्ड) मा आज दिउँसो साढे ११ बजेतिर सडकबाट खसेर दुर्घटनामा भएको थियो ।

गम्भीर घाइतेहरूलाई सुविधा सम्पन्न अस्पताल लानका लागि एम्बुलेन्सको अभाव भएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया