थप ३ सय ९० जनामा काेराेना सङ्क्रमण, ४ सय २५ जना निकाे

 कात्तिक २२, २०७८ सोमबार १६:३६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा थप तीन सय ९० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

पाँच हजार २६ जनाको नमुना परीक्षण गर्दा सात दशमलव ७५ प्रतिशत अर्थात् तीन सय ९० जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १४ हजार नौ सय २९ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९४ हजार आठ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै २४ घण्टामा चार सय २५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९५ हजार आठ सय २२ पुगेको छ । 

यही अवधिमा काेराेना सङ्क्रमणबाट पाँच जनाको ज्यान गएकाे छ । याेसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ५३ पुगेको छ । 

यस्तै २४ घण्टामा एक हजार नौ सय १७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म ७४ लाख ३६ हजार सात सय १४ जनाले पूर्ण मात्रा र ८७ लाख ३६ हजार पाँच सय ३२ जनाले कम्तीमा एक मात्रा खोप लगाइसकेका मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया