सिन्धुलीको कमलामाई नगरपालिकाका विभिन्न ठाउँमा  निषेधाज्ञा

 कात्तिक २४, २०७८ बुधबार ११:४१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सिन्धुलीको कमलामाई नगरपालिकाका विभिन्न ठाउँमा निषेधाज्ञा लागू भएको छ ।

कमलामाई नगरपालिकाको स्टल बजार, जुनारचोक, बसपार्क, ग्वाङखोला पुल, हस्पिटल रोड क्षेत्र भित्र शान्ति सुरक्षा कायम गर्न भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले अघि  बिहान ११ बजेदेखि भरे राति १२ बजेसम्म निषेधाज्ञा लागू गरेको हो  ।

निषेधाज्ञाको समयमा शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि किसिमका सभा, समारोह तथा जुलुस नगर्न नगराउन आग्रह गरिएको छ ।

आग्रहलाई अटेर गरे कानुनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीगढीमा रहेको खेल मैदान नजिकै बाल उद्यान पार्कको उद्घाटनको विषयमा विवाद भए पछि निषेधाज्ञा लगाइएको हो ।

बाल उद्यान पार्कको उद्घाटन र त्यहाँ वीपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको सालिक अनावरण गर्ने कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै गठबन्धन दलका कार्यकर्ताहरुले विरोध जनाए पछि सम्भावित घटनालाई मध्यनजर गर्दै निषेधाज्ञा लागू गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आज कमलामाई नगरपालिकाको सिन्धुलीगढीमा अङ्ग्रेज सेनाविरुद्धको लडाइँमा गोरखाली फौज विजयी भएको स्मरणमा विजयोत्सव हुँदैछ । विजयोत्सव गर्न विवाद नभएकाले सिन्धुलीगढीमा भने कुनै समस्या नहुने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया