२४ घण्टामा ४ सय २ जनामा काेराेना पुष्टि, ७४ हजार ४ सय ५२ जनाले खाेप लगाए

 कात्तिक २९, २०७८ सोमबार १७:२३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे सङ्क्रमण दर साढे तीन प्रतिशतभन्दा तल झरेको छ । १२ हजार चार सय दुई जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ३५ प्रतिशत अर्थात् चार सय १६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका चार सय दुई जनासहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १७ हजार तीन सय ३३ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९५ हजार एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै २४ घण्टामा दुई सय ७० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९८ हजार पाँच सय ४४ पुगेको छ ।

यही अवधिमा एक जना काेराेना सङ्क्रमितको ज्यान गएकाे छ । याेसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ७८ पुगेको छ ।

अहिले नेपालमा सात हजार तीन सय ११ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ७४ हजार चार सय ५२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ७५ लाख ८० हजार एक सय ३३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै ८८ लाख ७६ हजार तीन सय सात जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ । १८ वर्षमाथिको जनसङ्ख्याको ३८ प्रतिशत नागरिकले पूर्ण मात्रा र ४४ दशमलव ६ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएका छन् । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया