हङकङलाई २ सय २६ रनले हराउँदै नेपालले एक खेलअघि नै जित्याे ...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच बहुप्रतिक्षित भर्चुअल वार्ता सम्पन्न भएको छ ।
बिहान भएको वार्तामा चिनियाँ राष्ट्रपतिले चीन अमेरिकासँग सुमधुर सम्बन्ध बनाएर अघि बढ्न चाहेको बताउनुभएको बीबीसीले जनाएको छ। यस्तै, बाइडेनले मानवअधिकार र इन्डो प्यासिफिक क्षेत्रको मुद्दा उठाएको खबरमा उल्लेख छ। वार्तामा चिनियाँ राष्ट्रपति सीले दुई देशले एक अर्काको सम्मान गरेमा मात्रै सम्बन्ध मजबुत हुन सक्ने बताउनुभएको थियो ।
दुई देशले संवाद जारी राख्नुपर्ने र मिलेर चुनौतीको समाधान गर्नुपर्ने चिनियाँ राष्ट्रपतिको भनाइ छ। वार्तामा अमेरिकी राष्ट्रपति बाइडेनले चिनियाँ राष्ट्रपतिसँग इमानदारी र स्पष्टताका साथ वार्ता भएको भन्दै सम्बन्धलाई सकारात्मक बनाउने विषयमा दुवै एकमत रहेको बताउनुभएको थियो ।
ताइवानको विषयलाई लिएर पछिल्लो समय चीन र अमेरिकाबीच तनाव बढेको छ । तर बेलायतमा भएको कोप-२६ सम्मेलनमा आश्चर्यजनक रुपमा दुई देशबीच सहमति भएको थियो । आज भएको वार्तामा बाइडेन र सी बीच केही समय हाँसो मजाक पनि भएको समाचार संस्था रोयटर्सले जनाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।