पाँचथरमा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते

 मंसिर ९, २०७८ बिहिबार १२:५५:१६ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – भालुले आक्रमण गर्दा पाँचथरको फालेलुङ गाउँपालिका–३ मा एक जना वृद्ब गम्भीर घाइते भएका छन्।

भालुकाे आक्रमणबाट फालेलुङ–३ खोलाघारीका ८२ वर्षीय रामकुमार राई गम्भीर घाइते हुनुभएकाे हाे । उहाँलाई आज बिहान भालुले आक्रमण गरेको थियो ।

फालेलुङ–३ ठेप्चे भन्ने ठाउँमा गोठमा एक्लै बस्दै आउनुभएका वृद्धलाई गोठबाट खर्कतिर गाईबस्तु  लैजाने क्रममा भालुले आक्रमण गरेको थियो ।

वृद्धको अवस्था गम्भीर रहेको  गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले बताउनुभयो । राईलाई उपचारका लागि लागि सदरमुकाम ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी राकेश थापाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया