कोरोना महामारीपछि बेलायतका शिक्षकमाथि विद्यार्थीको दुर्व्यवहार...
चैत १६, २०८० शुक्रबार
पाँचथर – नेपाली कांग्रेस पाँचथरको अधिवेशनले १९ वर्षीया किशोरी भावना रिजाललाई प्रदेश महाधिवेशन प्रतिनिधिमा चयन गरेको । जिल्लाको हिलिहाङ गाउँपालिका– ६ भारपाकी भावना रिजाललाई कांग्रेसले प्रदेश प्रतिनिधि चयन गरेको हो ।
भावनाले यसैवर्ष नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिनुभएको थियो । हिलिहाङ गाउँपालिका–६ बाट प्रतिनिधि चुनिएर आए लगत्तै भएको क्षेत्रीय अधिवेशनले उहाँलाई बहुमत सहित प्रदेश महाधिवेशनका लागि प्रतिनिधि पठाएको हो ।
पाँचथर बहुमुखी क्याम्पस बीएड दोस्रो वर्षमा अध्ययनरत उहाँ यसअघि पाँचथर क्याम्पसकै बीएड प्रथम वर्ष संकायको सह सचिव हुनुहुन्थ्यो । प्रदेश प्रतिनिधिमा चयन भएपछि उहाँले युवा पुस्तालाई पार्टीले विश्वास गरेर दिएको जिम्वेवारी पूरा गर्न सदैव लागिपर्ने बताउनुभयो ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।