पाठेघर खसेका महिलाको पालिकाद्वारा निःशुल्क उपचार

 पुस २३, २०७८ शुक्रबार १२:३५:४० | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको बोगटान फुड्सिल गाउँपालिकाका पाठेघर खसेका १५ जना महिलाको निःशुल्क उपचार गरिएको छ । पालिकाको आर्थिक सहयोगमा डा.लेखनाथ भट्ट नेतृत्वको टोलीले पाठेघर खसेका महिलाको निःशुल्क उपचार गरिएको हो ।

वषौँदेखि पाठेघरको समस्याबाट ग्रसित भएका महिलाहरुको गाउँपालिकाको आर्थिक सहयोग र शैलेश्वरी अस्पताल दिपायलको प्राविधिक सहयोगमा अप्रेशन गरिएको शैलेश्वरी अस्पताल दिपायलका प्रबन्ध  निर्देशक आइजंग कुँवरले जानकारी दिनुभयो । उहाँकाअनुसार टीएएच विधिद्वारा गरिएको अप्रेशनमा प्रति बिरामी चार घण्टा समय लागेकाे थियाे ।

पाठेघर खसेका महिलामा शारीरिक तथा मानसिक समस्या पनि हुने भएका कारण यसले स्वास्थ्यमा धेरै ठूलो असर गर्ने हुँदा ती महिलाहरुको लागि शिविर सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष भगवती बमले बताउनुभयो ।

उहाँले भन्नुभयो,“महिलाले पाठेघर सम्बन्धी समस्या लुकाउने गरेका कारण उनीहरुलाई घरायसीदेखि अन्य काम गर्न समस्या थियो, पालिकाको आर्थिक सहयोगमा शिविर सञ्चालन गरेपछि पीडित महिलालाई राहत मिलेको छ ।”

जिल्लाका धेरै ठाउँमा पाठेघरका समस्या भएका सयौँ महिलाहरु आर्थिक अभाव र रोग लुकाउने गरेका कारण यो समस्या जटिल बन्दै गएको चिकित्सकहरु बताउँछन् । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया