लुम्बिनीको विकासका लागि बजेट कमी हुँदैन : मन्त्री आले

 पुस २४, २०७८ शनिबार १४:३९:३५ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डाै – संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्रको विकास तथा विस्तारका लागि बजेटको कमी नहुने बताउनु भएको छ । आज शनिबार लुम्बिनी विकास कोषको अनुगमन तथा निरीक्षण भ्रमणका लागि त्यहाँ पुग्नु भएका मन्त्री आलेले भगवान गौतमबुद्धको जन्मस्थल पनि भएको र बुद्धकै नामले लुम्बिनी देश–विदेशमा चिनिएकाले यसका विकासका लागि सबै सकारात्मक रहेकाले बजेट अभाव हुन नदिने बताउनुभयो ।

‘शान्ति दूत भगवान गौतमबुद्ध जन्मिनु भएको र उहाँकै नामबाट देश विदेशमा चिनिएको लुम्बिनीको विकासका लागि बजेटको कुनै कमी हुँदैन’, उहाँले भन्नुभयो, ‘यहाँ निर्माण गरिन लागिएका संरचना निर्माणका लागि बजेटको अभाव भयो भने लेखेर पठाउनु होला, म यही कोषको अध्यक्ष भएकाले पनि बजेट प्रदान गराउनु मेरो दायित्व हुनेछ ।’

लुम्बिनी क्षेत्रमा निर्माण भइरहेका विभिन्न भौतिक संरचनाहरुको काम समयमै सम्पन्न गरिसक्न समेत मन्त्री आलेले निर्माण व्यवसायीहरुसँग आग्रह गर्नु भएको छ । लुम्बिनी क्षेत्रमा निर्माण गरिने सबै संरचनाहरु गुणस्तरयुक्त हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

लुम्बिनी विकास कोष अन्तर्गत रहेको ११ सय ५५ बिगाहा जमिनमा भौतिक संरचना निर्माण भइसकेका छन् । योजना अनुसार ८१ प्रतिशत काम सम्पन्न भइसकेको भन्दै बाँकी काम चाँडै टेण्टर प्रक्रियाबाट सुरु गराउन समेत लुम्बिनी विकास कोषका पदाधिकारीलाई मन्त्री आलेले निर्देशन दिनुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया