एमसीसी चाहिन्छ भनेर निवेदन हाल्नेलाई जाेगाउँछन्, मलाई ढुङ्गा हान्छन् : अध्यक्ष ओली

 फागुन १३, २०७८ शुक्रबार १६:२०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी चाहिन्छ भनेर निवेदन हाल्नेलाई जोगाएर आफू बाटोमा हिँड्दा ढुङ्गा हानिएको टिप्पणी गर्नुभएको छ । 

आज शुक्रवार पोखरामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा ओलीले एमसीसीविरुद्धको प्रदर्शनमा आफूलाई छानी–छानी ढुङ्गा हानेको बताउनुभएको हो । ‘तमासा पनि हदको हुन्छ नि, सरकारमा पनि उनै छन्’, उहाँले भन्नुभयो, ‘सरकारमा बस्नेहरूले कार्यकर्ता पठाएर सडक भत्काउन लगाउँछन् । प्रहरी देख्नै हुँदैन ढुङ्गा हान्न लगाउँछन् । मान्छे देख्नै हुँदैन ढुङ्गा हान्न लगाउँछन् । एमसीसी नेपालमा ल्याउन पाउँ भनेर आफू प्रधानमन्त्री हुँदा चिठी लेखेर निवेदन हाल्ने झलनाथ खनाल बाटामा हिँड्दा ढुङ्गा हान्दैनन् । ताली बजाउँछन् ।’  

ओलीले थप्नुभयो, ‘त्यही बाबुराम भट्टराई एमसीसी अगाडि बढाउनुपर्छ भन्ने मान्छे हिँड्दा ढुङ्गा हानिँदैन । नेपाली कांग्रेसले एमसीसी पास गर्नुपर्छ भन्छ, ढुङ्गा हानिँदैन । टेबुल गरेका छन् सभामुखले, उनलाई ढुङ्गा हानिँदैन । म बाटाबाट हिँड्छु, ढुङ्गा हान्छन् ।’ 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया