एमाले सरकारले गरेका काम लिएर जनतामा जानू : अध्यक्ष ओली

 चैत १६, २०७८ बुधबार १७:४०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले विगतमा सरकारको नेतृत्व गर्दा भएका उपलब्धिहरूलाई जनतामाझ लिएर जान निर्देशन दिनुभएको छ ।

आउँदाे वैशाख ३० गते हुने तय भएकाे स्थानीय तह चुनावकाे प्रतिबद्धता–पत्र तयारीसम्बन्धी कार्यशालालाई आज बुधवार भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध सत्ता गठबन्धन एक भएर अघि आए पनि कुनै फरक नपर्ने गरी काम गर्न पनि आग्रह गर्नुभयो । 

पार्टीका देशभरकै स्थानीय तह हेर्ने नेतृत्वलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘गठबन्धन उहाँहरूको छनोट होइन, बाध्यता हो । तर, यसले हामीलाई फरक पार्दैन । दिनदिनै हजारौँ मानिसले एमालेमा प्रवेश गरिरहनुभएको छ । हाम्रो विजय सुननिश्तित छ ।’

एमालेका उपाध्यक्ष एवम् घोषणापत्र मस्यौदा समितिका संयोजक ईश्वर पोखरेलले प्रतिबद्धतापत्रका सैद्धान्तिक पक्षमाथि प्रकाश पार्दै जनताका बीचमा पुग्न आग्रह गर्नुभयो । भर्चुअल बैठकमा पार्टीका स्थायी कमिटीका सदस्य, प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका पदाधिकारी, पार्टीका तर्फबाट गएकाे चुनावमा स्थानीय तहमा निर्वाचित पालिकाका प्रमुख सहभागी हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया