स्थानीय तह चुनावका लागि १ करोड ९४ लाख थान मतपत्र छाप्ने काम सुरु

 चैत २१, २०७८ सोमबार १७:२२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदो वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि एक करोड ९४ लाख थान मतपत्र छपाइको काम आज साेमवारदेखि सुरु भएको छ । 

निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा आज साेमवार प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइको काम सुरु भएको जानकारी दिनुभयो । मतदाताको सङ्ख्या एक करोड ७७ लाख ३३ हजार जना भए पनि आठदेखि २५ प्रतिशतसम्म जगेडा राख्नुपर्ने भएकाले एक करोड ९४ लाख थान छाप्नुपरेको प्रवक्ता शर्माले बताउनुभयो ।

आयाेगका प्रवक्ता पाैडेल

मतपत्रमा सबैभन्दा धरै काठमाण्डौको मतपत्र ५६ लहरको हुने र सबैभन्दा कम डोल्पाको मतपत्र १६ लहरको हुने प्रवक्ता शर्माले बताउनुभयो । दुर्गममा ढुवानीको समस्या हुने र समय लाग्ने भएकाले पहिला दुर्गमको मतपत्र छापिसकेपछि मात्रै सुगम जिल्लाका लागि मतपत्र छापिने आयोगले जनाएको छ । आयोगले देशका विभिन्न ठाउँमा चुनावसँग सम्बन्धित विभिन्न प्रशिक्षण सम्पन्न गरेको पनि जानकारी दिएको छ । 

यसैबीच निर्वाचन आयोगले विभिन्न दल र उम्मेदवारलाई मतदाता नामावली उपलब्ध गराउने शुल्क र प्रक्रिया पनि तय गरेको छ । दलको आधिकारिक पत्रका आधारमा देशैभरका मतदाताको नामावली निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट उपलब्ध गराउने र यसका लागि सात हजार रुपैयाँसहित निवेदन दिनुपर्नेछ । यस्तै कुनै प्रदेशका मतदाताको नामावलीका लागि पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ । यस्तै जिल्लामा दल वा उम्मेदवारको सिफारिसका आधारमा तीन हजार रुपैयाँ तिरेर मतदाता नामावली पाइनेछ भने कुनै पालिकाभरका मतदाताको नामावलीका लागि एक हजार र वडाका मतदाताको नामावलीका लागि पाँच सय रुपैयाँ तिर्नुपर्नेछ । मतदाताको विद्युतीय प्रति मात्रै दिइने आयोगले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया