ताप्लेजुङकाे फुङलिङ नगरपालिकामा २ वटा घरमा आगलागी

 बैशाख ५, २०७९ सोमबार १७:२५:२६ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको फुङलिङ नगरपालिका ३ मा दुई वटा घरमा आगलागी भएको छ । बाबुराम गुरागाईं र भगिरथ गुरागाईँको घरमा आगलागी भएको छिमेकी हो । 

घरमा कोही नभएको समयमा आगलागी हुँदा बाख्रासहित अन्नपात, कपडा जलेर नष्ट भएको जिल्ला प्रहरीले जनाएको छ । एउटा भैँसी भने दाम्लो चुँडाएर भागेको उहाँका छिमेकी हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

आगलागीबाट के–कति क्षति भयो भन्नेबारेमा जानकारी लिने काम भइरहेको प्रहरीले भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया