‘निर्मला भगवानको साथमा, अपराधी राज्यको काखमा’

 असोज १, २०७५ सोमबार १४:३५:२९ | सुजता सुनुवार
unn.prixa.net

इलाम – कञ्चनपुरकी बालिका निर्मला पन्तको परिवारलाई न्याय दिनुपर्ने मागसहित इलाममा पनि प्रदर्शन भएको छ ।

वास्तविक हत्यारालाई छिटो भन्दा छिटो सार्वजनिक गर्नु पर्ने माग राख्दै इलामका महिलाहरुले शान्तिपूर्ण र्‍याली निकालेर सोमबार विरोध प्रर्दशन गरेका हुन् ।
गएको साउन ११ गते कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्नलाई पक्राउ गर्नुपर्ने माग गर्दै इलाममा महिलाहरुले विरोध प्रर्दशन गरेका हुन्  ।

‘निर्मला हत्या प्रकरण सत्य तथ्य सार्वजनिक गर’, ‘निर्मला भगवानको साथमा, अपराधी राज्यको काखमा’, ‘निदोर्षीलाई यातना, दोषीलाई उन्मुक्ति’, लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर महिलाहरुले विरोध गरेका थिए ।

कार्यक्रमका सहभागीहरुले निर्मला पन्तको हत्यारालाई सरकारले नै संरक्षण गरेर राखेको आरोप लगाएका छन् । सरकार कमजोर नबनेको भए पीडितलाई न्यायको अनुभूति दिलाउन न्याय माग्दै यसरी सडकमा उत्रन नपर्ने धारण उनीहरुको भनाई थियो ।

यस्तै सहभागीहरुले प्रत्येक महिलाको सुरक्षाको उचित प्रबन्ध गर्न र बालबालिकालाई स्वतन्त्र भएर हिँड्डुल गर्न मिल्ने वातावरण सिर्जना गराउनका लागि नेपाल सरकारलगायत सम्बन्धित निकाय र अधिकारीको ध्यानाकर्षण समेत गराएका छन् ।


 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया