मतपत्रमा सिसाकलमले हस्ताक्षर गर्न नपाइने

 बैशाख २५, २०७९ आइतबार ७:४८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आउँदो ३० गते हुने पालिका चुनावका लागि मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसाकलमको प्रयोग गर्न नपाउने भएका छन् ।

मतपत्रमा मतदान अधिकृतले हस्ताक्षर गर्दा सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै पनि मसी भएको कलम वा डटपेन प्रयोग गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। सिसाकलमले हस्ताक्षर गर्दा छिट्टै मेटिन सक्ने खतरा रहेकाले सिसाकलमको प्रयोग  नगर्न भनिएको हो ।

आयोगले सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै मसी भएको कलम–डटपेनले हस्ताक्षर गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन पनि दिएको छ ।

यसैबीच, सरकारले चुनावमा हरेक मतदान केन्द्रमा एक स्वास्थ्यकर्मी खटाउने भएको छ ।

मतदानस्थलमा हुने भिडभाडका कारण कोभिड सङ्क्रमण बढ्ने जोखिम रहेकाले स्वास्थ्य मापदण्ड पालना गराउन स्वास्थ्यकर्मी परिचालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

मतदातामा सामान्य स्वास्थ्य समस्या देखिए घटनास्थलमै सेवा दिने र गम्भीर अवस्था आए नजिकैको अस्पतालमा रेफर गरिने उहाँले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया