राष्ट्रिय भूमि आयोगका दुई पदाधिकारीलाई आयोगले सोध्यो स्पष्टीकरण

 बैशाख २५, २०७९ आइतबार ८:८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष र आयोगका चितवन जिल्ला अध्यक्षलाई आचारसंहिता विपरीत काम गरेको जनाउँदै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ ।

राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र भूमि आयोगका चितवन जिल्ला समितिका अध्यक्ष बद्री तिमिल्सिनालाई भरतपुरमा निस्सा बाँडेकोबारे स्पष्टीकरण सोधेको हो ।

आयोगमा प्राप्त उजुरीमा सुकुम्वासी र भूमिहीनलाई भूमिको निस्सा बाँडेको पाइएकाले काम तत्काल रोकी आवश्यक छानबिन गरी निर्वाचन आचारसंहिता विपरीत कार्य भएमा सजाय पाउँ भन्ने माग रहेको छ ।

भूमि आयोगले यसअघि नै सूचना निकालेर अर्काे सूचना नभएसम्मका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनसम्बन्धी कार्य स्थगन गरेको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया