चुनावमा खटिने सुरक्षाकर्मी र म्यादी प्रहरीको ज्यान गएमा परिवारलाई २० लाख रुपैयाँ सहयोग

 वैशाख २५, २०७९ आइतबार १३:३२:५३ | रासस
unn.prixa.net

काठमाण्डाै – सरकारले पालिका चुनावका लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीको ज्यान गएमा मृतकका आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आज आइतवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले चुनाव अवधिभर सुरक्षामा खटिने म्यादी प्रहरीसहित सुरक्षाकर्मीको ज्यान गएमा मृतकका आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।  

यस सहायता नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीको हकमा लागू हुनेछ । त्यस्तै बैठकले चुनावकाे क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारमा लागेको खर्च पनि सरकारले बेहाेर्ने निर्णय भएको गृहमन्त्रीको भनाइ उद्धृत गर्दै प्रेस संयोजक मधुसूदन भट्टराईले जानकारी दिनुभयो ।

बैठकले हिमाली जिल्लामा खटिने म्यादी प्रहरीका लागि प्रहरी जवानसरह जिल्लागत दररेटअनुसार रासन भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको उहाँको भनाइ थियोे । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया