धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – निर्वाचन आयोगले सत्तारूढ गठबन्धनमा रहेका दलहरू निकट पत्रकार सङ्गठनसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहितामा रहेको सञ्चार प्रतिष्ठान, त्यसका कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था विपरीत काम गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
गठबन्धनमा आबद्ध दल निकट पत्रकारका सङ्गठनले हिजो शनिवार विज्ञप्ति निकालेर गठबन्धनका उम्मेदवारलाई मतदान गर्नका लागि आग्रह गरेका थिए । उनीहरूलाई २४ घण्टाभित्र विज्ञप्ति हटाएर त्यही समयभित्र आयोगमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण दिन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलेले जानकारी दिनुभयो ।
आयोगले नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन नेपाल, नेपाल प्रेस मञ्च र प्रगतिशील पत्रकार सङ्घलाई निर्देशन दिएको हो । आयोगले त्यसरी विज्ञप्ति निकाल्नु निर्वाचन आचारसंहिता विपरीत र पत्रकारिताको आचारसंहिता विपरीत हुन्छ कि हुँदैन भनेर सोधेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।