काठमाण्डाैमा 'नाे वाल' देखि बच्चा जन्मिनेबित्तिकै रुख राेप्ने अभियान सुरु गर्नेसम्मका प्रतिबद्धता

 वैशाख २५, २०७९ आइतबार १७:५०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको तर्फबाट काठमाण्डाै महानगरपालिकाको मेयरमा उम्मेदवार दिनुभएका केशव स्थापितले आफू मेयर बनेपछि काठमाण्डाैलाई विना पर्खालको खुला काठमाण्डाै बनाउने घोषणा गर्नुभएको छ । 

आज आइतवार काठमाण्डाैमा आयोजित बाग्मती किनारका पालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारसँगको अन्तरक्रिया तथा प्रतिबद्धता कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मेयरका उम्मेदवार स्थापितले अझै पनि काठमाण्डाैमा एक तिहाइ भाग खुला भएको दाबी गर्नुभयो । उहाँले काठमाण्डाैभित्र रहेका दुई सय ४७ वटा निजी तथा सरकारी ठाउँमा लगाएका पर्खाल भत्काउने र सबैलाई प्रवेश दिने व्यवस्था गर्ने घोषणा गर्नुभयो ।

उहाँले भन्नुभयाे, ‘काठमाण्डाैमा नो वाल । अझै पनि काठमाण्डाैमा एक तिहाई भाग खुला छ । हामीले सबै सार्वजनिक ठाउँमा प्रवेश दिनुपर्छ । स्विट्जरल्यान्ड पार्कमा अक्सिजन प्लान्ट बनाउने हो । त्यसको सबै लागत काठमाण्डाै महानगरले बेहाेर्छ ।’

स्थापितले पशुपति विकास कोष कुनै पनि हालतमा महानगरको मातहतमा आउनुपर्ने पनि बताउनुभयो ।

त्यस्तै कार्यक्रममा सत्तारूढ गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले आफू मेयर भएपछि काठमाण्डाै महानगरपालिकाभित्रका घरमा बच्चा जन्मिएपछि एक बिरुवा रोप्ने अभियान सुरु गर्ने बताउनुभयो । उहाँले काठमाण्डाैमा फोहरको व्यवस्थापन गर्न कुनै ठूलो कुरा नभएको पनि दाबी गर्नुभयाे । 

मेयरकी उम्मेदवार सिंहले भन्नुभयो, ‘म एउटा राजनीतिककर्मी पनि हो र सामाजिक अभियन्ता पनि । बच्चा जन्मिने बित्तिकै एउटा रुख रोप्न लगाउनेछु । यो फोहोरको व्यवस्थापन गर्ने कुरा ठूलो कुरा होइन, घरबाटै गर्न सक्छौँ । पर्यावरणलाई कमजोरी बनाउने काम भइरहेको छ, यो व्यवस्थापनको कमजोरीले हो ।’

त्यस्तै विवेकशील साझा पार्टीबाट काठमाण्डाैकाे मेयरमा उम्मेदवारी दिनुभएकी समीक्षा बास्कोटाले आफू मेयरमा उठेपछि सबैभन्दा पहिला फोहर व्यवस्थापनमा ध्यान दिने बताउनुभयो । उहाँले घरबाट नै फोहरको व्यवस्थापन गर्न सकिने बताउँदै घरबाट नै कुहिने र नकुहिने फोहर छुट्याउनुपर्ने बताउनुभयो ।

मेयरकी उम्मेदवार बास्कोटाले काठमाण्डाै महानगरपालिकाभित्र रहेका खुला क्षेत्रलाई सर्वसुलभ पार्क बनाउने आफ्नो पार्टीको योजना रहेको सुनाउनुभयाे । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया