काठमाण्डाैमा वैशाख २७ गते मध्यरातिदेखि जाँड–रक्सी वितरणमा राेक

 वैशाख २५, २०७९ आइतबार १९:१८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यही वैशाख ३० गते हुन लागेको पालिका चुनावलाई लक्षित गरी काठमाण्डौमा यही २७ गते मध्यरातिदेखि जाँड–रक्सी वितरणमा रोक लगाइएको छ । 

काठमाण्डौ जिल्ला प्रशासनले आज आइतवार एक सूचना निकालेर काठमाण्डौमा वैशाख २७ गते मध्यरातिदेखि ३० गतेसम्म जाँड–रक्सी वितरणमा रोक लगाएको जानकारी दिएको हो । स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ –मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्था अन्तर्गत यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ । 

यस्तै वैशाख ३० गते चुनावको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका बाहेकका सवारी साधन बिहान ६ बजेदेखि मतदान नसकेसम्म सञ्चालन नगर्न/नगराउन पनि सूचनामा उल्लेख छ । सूचनालाई बेवास्ता गरेमा कारबाही हुने पनि प्रशासन कार्यालयले जनाएकाे छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया