चुनावका लागि गाउँ घर फर्कनेको सङ्ख्या बढ्दै

 वैशाख २६, २०७९ सोमबार ८:३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मतदानको लागि गाउँघर फर्कनेको सङ्ख्या बढ्न थालेको छ । भारत लगायतका विदेशमा बस्नेहरु पनि भोट दिनको लागि गाउँघर फर्किएका छन् ।

काठमाण्डौ उपत्यका र देशका अरु सहरी क्षेत्रमा बस्नेहरु पनि गाउँघर फर्कने क्रम सुरु भएको छ। चुनावको प्रचारप्रसार र उम्मेदवारलाई सघाउन तथा आफ्नो मताधिकार प्रयोग गर्न गाउँ घर जानेको सङ्ख्या बढेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गएको २४ घण्टामा काठमाण्डौ उपत्यकाबाट ५५ हजारभन्दा धेरै यात्रु बाहिरिएका छन् । यो अवधिमा ४२ हजारभन्दा धेरै यात्रु भित्रिएका छन् ।

यस्तै हिजो ५३ हजारभन्दा धेरै यात्रु बाहिरिएका थिए । यो अवधिमा भित्रिनेको सङ्ख्या भने ३९ हजार ५ सय २४ जना रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

चुनावका लागि गाउँ घर जानेको सङ्ख्या बढेसँगै केही दिनयता काठमाण्डौ उपत्यकासँग जोडिएका नाकाहरुमा गाडीको चाप बढ्न थालेको छ । गाडीको चाप बढेसँगै कार्यालय आउजाउ गर्ने समयमा लामो जाम हुने गरेको छ ।

भोट हाल्न जानका लागि काठमाण्डौबाट धेरैजसोले गाडी रिजर्भ गरेर जाने गरेका छन् ।

यस्तै, अहिले नयाँ शैक्षिक सत्र सुरु भइनसकेकाले धेरैजसो विद्यालय बिदा भएकाले पनि गाउँ जानेको सङ्ख्या बढेको छ। 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया