मतदाता परिचयपत्र हराएका वा छुटेकाहरूले नागरिकता देखाएर भोट हाल्न पाउने

 वैशाख २७, २०७९ मंगलबार १९:५७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र हराएकाहरूले पनि मत दिन पाउने भएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावलीमा नाम भएका सबैले मत दिन पाउने जानकारी दिनुभयो । अब मतदाता परिचय हराएका वा छुटेकाहरूले नागरिकताको प्रमाणपत्रका आधारमा मत दिन पाउनेछन् ।

यसैबीच चुच्चे नक्सामा समेटिएको क्षेत्रमा पनि चुनाव हुन्छ त ? भन्ने प्रश्नको जवाफमा प्रमुख निर्वाचन आयुक्त थपलियाले नागरिकता प्राप्त गरेका र वडा विभाजन भएका सबै क्षेत्रमा चुनाव गर्ने व्यवस्था गरेको बताउनुभयो । थपलियाले नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७ सय ४३ वडाभित्रका मतदाता नामवलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा चुनावको व्यवस्था गरिएको बताउनुभएको हो ।  

यसैबीच आयाेगले वैशाख २८ र २९ गते मतदानस्थलमै मतदाता शिक्षा दिने तयारी गरेकाे छ । वैशाख ३० गते एकै चरणमा पालिका चुनाव हुँदैछ । 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

10 Comments

  • Sachida

    May 11, 2022, 4:24 p.m.

    मेरो आमा गत चुनावमा भोट हालेकी थिइन् तर यसपटक लिस्ट मा नाम छैन। यस्तो अवस्थामा के गर्ने???

  •  0 Reply
  • Hem Prasad dumre

    May 11, 2022, 10:44 a.m.

    मेरो नागरिकता त बनाएको छ , तर भोट कार्ड बनाएको छैन , अनि भोटर लिष्टमा नाम पनि छैन भने नागरिकताले मात्र भोट दिन पाइन्छ कि पाइन्न ??

  •  1 Reply
  • Shiv dharikar

    May 11, 2022, 10:06 a.m.

    हामीसंग बसाई सराइ नभएकोले जुनसुकै ठाउँमा दिन पाउँछ कि नाइँ ...

  •  1 Reply
  • CHETAN JOSHI

    May 11, 2022, 9:16 a.m.

    मेरो परिचय पत्र र मतदान पत्र छैन के गर्नु पर्ल्ल उमेर त 18 पुगे को छ

  •  1 Reply
  • Chandra Narayan Chaudhary

    May 11, 2022, 9:12 a.m.

    यस्तो हुनुपर्छ , किनभने धेरैजसो मान्छे बाहिरवाट आएका छन् , जोसंग भोटर कार्ड छैन /

  •  0 Reply
  • राम जनम चौधरी

    May 10, 2022, 11:37 p.m.

    मतदाता नामवली नभएको

  •  0 Reply
  • Baliram Yadav

    May 10, 2022, 11:31 p.m.

    मेरो नाम मतदाता नामावलीमा छैन, के नागरिकता लिएर भोट दिन मिल्छ ??

  •  1 Reply
  • Ur Mee

    May 10, 2022, 9:07 p.m.

    एक ठाउँको मतदातापत्र लिएर अर्को ठाउँमा गएर भोट दिन मिल्छ कि मिल्दैन ??मेरो विवाह भएको ठाउँमा परिचयपत्र छैन, माइती पट्टिको छ /

  •  0 Reply
  • शंकर घर्ती

    May 10, 2022, 8:36 p.m.

    नागरिता ले पाउछ कि नाई सर मेरो मोबाइल न. मा खबर गरिदिनुहोला /

  •  0 Reply
  • मन्जिल श्रेष्ठ

    May 10, 2022, 8:14 p.m.

    मेरो परिचय पत्र बनाउन छुटेको छ

  •  0 Reply

तपाईको प्रतिक्रिया