रुकुम पूर्वको पुथाउत्तरगङ्गा-२ पेल्मामा मतदान सुरु हुन सकेन

 वैशाख ३०, २०७९ शुक्रबार ११:२१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ पेल्मामा मतदान सुरु हुन सकेको छैन ।

हिजो बेलुका नेकपा माओवदी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको विषयलाई लिएर विवाद हुँदा मतदान सुरु हुन नसकेको रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्राथमिक विद्यालय पेल्मामा रहेको मतदान केन्द्रमा मतदान हुन नसकेको हो ।  

विवाद मिलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । विवाद भएको ठाउँमा पुग्न सदरमुकामबाट ३ घण्टामा गाडीमा गएर ७–८ घण्टासम्म पैदल हिँड्नु पर्ने प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया