प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष द्विवेदीबीच भेटवार्ता हुँदै
मंसिर ७, २०८१ शुक्रबार
सोलुखुम्बु – सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार बुद्धिकिरण राई निर्वाचित हुनु भएको छ । उहाँले काँग्रेस–माओबादी गठबन्धनका साझा उम्मेदवारलाई पछि पार्नु भएको हो ।
उहाँकाे निकटतम प्रतिस्पर्धी चन्द्र खालिङलाई उछिन्दै बुद्धिकिरण दोश्रो कार्यकालको लागि निर्वाचित हुनु भएको हो । उपाध्यक्षमा भने गठबन्धनका तर्फबाट माओबादी केन्द्रका उम्मेदवार गौरव खालिङ विजयी हुनु भएको छ । एमाले उम्मेदवार जुनिता मगरलाई पराजित गर्दै गौरव उपाध्यक्ष चुनिनु भएको हो ।
७ वटा वडा रहेको माप्यदुधकोशीमा वडा नम्बर १ र ४ माओबादी केन्द्र, २, ३ र ७ एमाले अनि वडा नम्बर ५ र ६ मा काँग्रेसका वडा अध्यक्ष निर्वाचित भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।