म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी

 जेठ २, २०७९ सोमबार ९:२१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

म्याग्दी– म्याग्दीको रघुगंगा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । 

गाउँपालिकाको अध्यक्षमा विजयी कांग्रेस उम्मेदवार भवबहादुर भण्डारीले ४ हजार ३८ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेमबहादुर कार्कीले ३ हजार २ सय ८९ र माओवादी केन्द्रका मिना विकले ९ सय ९५ मत पाउनु भएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले बताउनुभयो । 

गाउँपालिकाको अध्यक्षमा निर्वाचित भण्डारी पुनः दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो । यसैगरी उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी प्रेमकुमारी पुनले ३ हजार ३ सय ६४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

पुनका निकटतम प्रतिस्पर्धी एमालेकी यामकुमारी गर्बुजाले ३ हजार २ सय ४५ र माओवादी केन्द्रका रिम कटुवालले १ हजार ७ सय ८३ मत ल्याउनुभएको छ । जम्मा ८ वटा वडा रहेको रघुगंगामा ५ वडामा कांग्रेस र ३ ओटा वडामा एमाले प्यानलसहित विजयी भएको छ । 

मत परिणामअनुसार रघुगंगा १ बेगखोलामा कांग्रेसका बिलबहादुर फगामी, २ राखुभगवतीमा एमालेका अमृत भण्डारी, ३ राखुपिप्लेमा एमालेकै खिमबहादुर शाही, ४ दग्नाम, ५ झीँ र ६ पाखापानीमा कांग्रेसका क्रमशः पबिन गर्बुजा, मनबहादुर शेरपुजा, मनकुमार शेरपुञ्जा, ७ चिमखोलामा एमालेका थकबहादुर पाईजा र ८ कुईनेमङ्गलेमा कांग्रेसका गमान छन्त्याल वडाध्यक्षमा विजयी हुनुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया