काठमाण्डौ महानगर अपडेट : बालेन शाह झन्डै २९ सय मतले अगाडि

 जेठ २, २०७९ सोमबार १०:१७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लैजानु भएको छ ।

१६ हजार ९ सय ५० मत गन्दा उहाँले ६ हजार एक सय ९४ मत पाउनु भएको छ । यो एमालेका उम्मेदवार केशव स्थापितको भन्दा झन्डै २९ सयले धेरै हो । स्थापितले अहिलेसम्म ३ हजार ३ सय मत ल्याउनु भएको छ ।

यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले दुई हजार ८ सय ६६ मत ल्याउनु भएको छ । यसैबीच उपमेयरमा एमालेकी सुनिता डङ्गाेलले अग्रता बढाइरहनु भएको छ । उहाँले अहिलेसम्म ६ हजार ३ सय ४४ मत पाउनु भएको छ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया