काठमाण्डौको दक्षिणकाली नगरपालिकाको मेयरमा कांग्रेसका मोहन बस्नेत निर्वाचित

 जेठ २, २०७९ सोमबार १२:०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित हुनुभएको छ ।

बस्नेतले ७ हजार २०१ र एमालेका श्रीराम आचार्यले ५ हजार १९२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बस्नेत यसअघि २०७४ मा भएको पालिका चुनावमा पनि कांग्रेसबाट मेयर निर्वाचित हुनुभएको थियो ।

दक्षिणकाली नगरपालिकामा कांग्रेसकै बसन्ती तामाङ उपमेयरमा निर्वाचित हुनुभएको छ । उहाँले ७ हजार ६२३ र एमालेकी इन्दिरा न्यौपानेले ४ हजार ८३० मत प्राप्त गर्नुभयो ।
 

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया