प्युठानको सरुमारानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

 जेठ २, २०७९ सोमबार १२:३५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्युठानको सरुमारानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

सरुमारानी गाउँपालिकाको अध्यक्षमा झगबहादुर विश्वकर्मा चार हजार २८० मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी सत्ता गठवन्धनका नेपाली कांग्रेसका मुकुन्दराज शर्माले चार हजार १९४ मत ल्याउनुभयो ।

यस्तै, उपाध्यक्षमा पनि एमालेकै बसन्ता खड्काले चार हजार ३९४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका गुप्तबहादुर रानाले चार हजार २७ मत ल्याउनुभयो ।

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया