जुम्ला कनकासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी

 जेठ २, २०७९ सोमबार १२:५२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्ष कांग्रेसका उम्मेदवार दामोदर आचार्य अध्यक्षमा र उपाध्यक्षमा पनि कांग्रेसकै प्रेमकली बुढा विजयी हुनु भएको हो । 

अध्यक्ष आचार्यले २ हजार ८ सय ६  मत प्राप्त  गर्नु भएको छ भने उपाध्यक्ष बुढाले २ हजार ३ सय ८० मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

नेकपा माओवादीका धनबहादुर रावत २ हजार ५ सय ६२ र उपाध्यक्ष रिता खत्रीले १ हजार ९ सय ४५ मत प्राप्त गर्नुभएको छ । 

कनकासुन्दरीमा २०७४ सालमा पनि कांगे्रसका अध्यक्ष नरविर रावत र उपाध्यक्ष उर्मिला भण्डारी विजयी हुनु भएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया