च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
खोटाङ – कालोपत्रे उप्किँदा खोटाङको जयराम–हलेसी सडक खण्ड जीर्ण बनेको छ । एसियाली विकास बैंक एडीबीको आर्थिक सहयोगमा २०६७ सालमा गरिएको ओटासिल पिच उप्किँदा जयराम–हलेसी (३० किलोमिटर) सडक जीर्ण बनेको हो ।
पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत जयराम–हलेसीको च्यास्मीटार, दुर्छिम र हलेसी आसपासमा कालोपत्रे उप्किँदा सडकमा खाल्डाखुल्डी बनेका छन् । निर्माण भएकाे तीन/चार वर्षमै कालोपत्रे उप्किएपछि सबैभन्दा बढी त्रि–धार्मिकस्थल हलेसी आउने जाने पर्यटक तथा दर्शनार्थी मारमा परेको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताउनुभयो ।
सडकमा स्वच्छन्द–भगवती निर्माण सेवाले २०६५ देखि २०६७ साल लगाएर ओटासिल गरेको थियो । कम्तीमा १० वर्ष टिक्नुपर्ने ओटासिल तीन/चार वर्ष नबित्दै उप्किन थालेको स्थानीयको भनाई छ । हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने जयराम–हलेसी सडक काठमाण्डाै लगायतका शहर जाने र आउने प्रमुख एक मात्र मार्ग हो ।
ठेकेदारको लापरबाहीका कारण कालोपत्रे केही वर्षमै उप्किएपछि सवारी साधन हिँड्नै मुस्किल पर्नेगरी खाल्डाखुल्डी बनेको छ । कतिपय घुम्तीमा समेत खाल्डाखुल्डी हुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । याे सडकमा दुर्घटनाको खतरा बढे पनि सडक मर्मतमा ध्यान नदिइएको जिल्लाबासीको गुनासो छ ।
खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।